आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको ललितपुर सभापतिमा मीनकृष्ण महर्जनको पल्ला भारी 

कांग्रेसको ललितपुर सभापतिमा मीनकृष्ण महर्जनको पल्ला भारी 

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 9.5K
    SHARES

  • कांग्रेसको ललितपुर सभापतिमा मीनकृष्ण महर्जनको पल्ला भारी 

    काठमाडौं – नेपाली कांग्रेसको महाअधिवेशन नजिकिँदै गर्दा यतिखेर ललितपुर जिल्लामा कांग्रेस जिल्ला अधिबेशन सरगर्मी बढ्दै गर्दा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग युवा नेता मीनकृष्ण महर्जन बलियो उम्मेदवार देखिएको छ ।

    ललितपुर जिल्लामा मीनकृष्ण महर्जन, प्रकाश नन्दन जोशी, मथुरा प्रसाद घिमिरे, जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार, गजेन्द्र महर्जन जिल्ला सभापतिका उम्मेदवार हुने चर्चा छ ।

    यी ६ जना नेता सभापतिका उम्मेदवारमध्ये नेता मीनकृष्ण महर्जन बलियो उम्मेदवार मानिन्छ । नेता महर्जन र मथुराप्रसाद घिमिरे क्षेत्र नम्बर १ का नेता हुन् । प्रकाश नन्दन जोशी र रामकृष्ण चित्रकार क्षेत्र नम्बर २ का नेता हुन् ।

    त्यस्तै जितेन्द्रकुमार श्रेष्ठ, गजेन्द्र महर्जन क्षेत्र नम्बर ३ का नेता हुन् । क्षेत्र नम्बर १ मा बढी भोट भएको, उक्त मतमध्ये मीनकृष्ण महर्जनको व्यक्तिगत प्रभाव उच्च रहेका कारण महर्जन बलियो उम्मेदवार मानिएको हो । क्षेत्र नम्बर २ मा रामकृष्ण चित्रकारको बलियो पकट मानिन्छ ।

    क्षेत्र नम्बर ३ मा नेता जितेन्द्रकुमार श्रेष्ठको बलियो पकट मानिन्छ । २ र ३ नम्बर क्षेत्रमा  अधिकांश युवा र खेलाडीहरू क्षेत्रीय प्रतिनिधि आउने भएको कारण पनि  २ र ३ मा पनि नेता मीनकृष्णलाई राम्रै मत आउने आकलन गरिएको छ ।

    नेता मीनकृष्ण खेलकुद ब्याक ग्राउन्डका हुन् । महर्जन राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष तथा कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् भने ललितपुर जिल्लामा लोकप्रिय नेता पनि हुन् । प्रकाश नन्दन जोशी ललितपुर जिल्लाका पुराना हुन्  नेता प्रकाश नन्दन जोशी र मथुरा प्रसाद घिमिरे दुबै पुराना  नेता हुन् ।

    एकथरि नेताहरू नेता प्रकाश नन्दन जोशीको  नाममा  जिल्ला सभापति सर्वसम्मत गर्ने प्रयासमा छन् तर सर्वसम्मत हुने सम्भावना कम देखिन्छ ।

    त्यस्तै, मथुराप्रसाद घिमिरेको न्यायको निमित्त पनि एक तहका केन्द्रीयस्तरका नेताहरू मथुराप्रसाद घिमिरेको नाममा सर्वसम्मत गर्ने प्रयासमा छन् तर त्यो सम्भावना पनि कम देखिन्छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खड्का नेता मीनकृष्णलाई जिल्ला सभापति बनाउने चाहना देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend