आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले र माओवादीका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, ४८७ जनालाई नेता ईन्द्र बानियाँले गरे स्वागत !

एमाले र माओवादीका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, ४८७ जनालाई नेता ईन्द्र बानियाँले गरे स्वागत !

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 9.0K
    SHARES

  • एमाले र माओवादीका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, ४८७ जनालाई नेता ईन्द्र बानियाँले गरे स्वागत !

    काठमाडौं – नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले नेकपा एमाले र माओवादी केन्द्रका ४८७ जना नेताकार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

    मकवानपुरको बकैया गाउँपालिकामा आज बुधवार आयोजित कार्यक्रममा ४८७ जनालाई कांग्रेसमा स्वागत गरिएको छ ।

    बकैया गाउँपालिका–३ मा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेको भातृ संगठन युवासंघ नेपाल बकैयाका सहसंयोजक दीपक बज्यु, माओवादी गाउँ कमिटी संयोजक देवकुमार मोक्तान, नेकपा एमालेका स्थानीय नेता मानबहादुर स्यांतान, आकाश न्यासुर, राप्रपाका स्थानीय नेता रमेश भोम्जन लगायत विभिन्न पार्टीका ४८७ जना कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता बानियाँले स्वागत गरेका छन् ।

    240672180_1258658934583168_5968851772097029789_n.jpg

    भक्तबहादुर भोलनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया सभापति भूमिनन्द गौतम, विभिन्न वडाका अध्यक्षहरु, पार्टीका भातृ संगठन एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend