काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग भिड्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट १ जना मात्रै उम्मेदवार बनाउने सहमति भएको छ ।
मंगलबार भएको पौडेल पक्षको भेलाले सभापति लगायत पदमा साझा उम्मेदवार तय गर्ने समझदारी गरेको छ । पौडेलनिवास बोहोराटारमा बसेको भेलाले यस्तो समझदारी गरेको हो ।
सैद्धान्तिक सहमति भएपनि १ जना मात्रै कुन उम्मेदवार बन्ने भन्ने कुनै सहमति भएको छैन । साझा उम्मेदवार छान्न छलफललाई निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ ।
मंगलवारको बैठकमा क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न बाँकी रहेका २४ जिल्लामा धाँधली गरिएको भन्दै एकजुट भएर प्रतिवाद गर्ने र साझा धारणा बनाउने समझदारी बनेको छ ।
पार्टीभित्र देखिएको बेथितिविरुद्ध सामूहिक रुपमा आवाज उठाउने सहमति समेत भेलामा भएको छ ।
बैठकमा नेता पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र डा. शेखर कोइराला लगायत सहभागी भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।