आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरू भेला, सभापति देउवा र नेता पौडेल पक्षबीच वार्ता

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरू भेला, सभापति देउवा र नेता पौडेल पक्षबीच वार्ता

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 5.0K
    SHARES

  • बालुवाटारमा कांग्रेस शीर्ष नेताहरू भेला, सभापति देउवा र नेता पौडेल पक्षबीच वार्ता

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा शीर्ष नेताहरू छलफलका लागि बालुवाटारमा भेला भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनसन र धर्ना तथा ६ दिनपछि तोकिएको वडा अधिवेशनको सन्दर्भमा शीर्ष नेताबीच छलफल हुँदैछ ।

    प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको समय अनुकूल हुने गरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू शुक्रबार साँझको समय लिएर बालुवाटार गएका छन् ।

    शीर्ष नेताको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, पूर्व सहमहामन्त्री रामशरण महत, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी रहेका छन् ।

    शुक्रबार बिहान बसेको पौडेल पक्षको बैठकले सतहमा देखिएका समस्याको समाधान गरेर मात्रै वडा अधिवेशन गर्ने वातावरण बनाउन माग गर्ने निर्णय गरेको छ । त्यही माग लिएर पौडेलसहितका नेताहरू बालुवाटार पुगेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend