काठमाडौं – नेकपा एमालेमा चलेको विवादपछि विभाजनसम्म धेरै ठाउँबाट एमाले सत्ताच्युत भइसकेको छ । पार्टी नै विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि एमाले संकटमा परेको छ ।
तर अझै केही ठाउँमा एमालेको चुरीफुरी सकिएको छैन । पार्टी विभाजनले एकल बहुमत गुम्नै लाग्दा समेत एमालेले नियुक्ति र फेरबदल रोकेको छैन ।
हालै १ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका भीम आचार्यले २ जना मन्त्री नियुक्त गरेका छन् ।
बिहीवार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिपरिषदमा लक्ष्मण तिवारी उद्योग, वन तथा पर्यटनमन्त्री बनेका छन् भने बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् ।
पार्टी विभाजनसँगै एमालेको एकल बहुमत गुमेपछि शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।