आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चाक्सीबारी भेलाको निष्कर्ष, १८ भदौमै वडा अधिवेशन हुनुपर्ने

चाक्सीबारी भेलाको निष्कर्ष, १८ भदौमै वडा अधिवेशन हुनुपर्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 4.5K
    SHARES

  • चाक्सीबारी भेलाको निष्कर्ष, १८ भदौमै वडा अधिवेशन हुनुपर्ने

    काठमाडौँ-  नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई भेटेर सबै जिल्लामा १८ भदौमै वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    शुक्रबार बिहान नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले आज साँझसम्म सभापति देउवालाई भेट्ने र सबै वडामा १८ भदौमै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको हो ।

    पार्टी सभापति देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

    क्रियाशील सदस्यता विवाद टुंगिएका जिल्लामा अधिवेशनका लागि मतपत्र छपाइसम्बन्धी काम तीव्र रूपमा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend