काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, ग्यास, डिजेल, मट्टितेल र हवाई इन्धनको बिक्री मूल्य बद्धि गरेको छ ।
भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो ।
निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ कायम भएको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।