काठमाडौं – नेपाली राजनीतिमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेकपा माओवादी केन्द्र सहितको जोडीलाई अर्काे सफलता हात लागेको छ ।
कांग्रेसको समर्थनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका माओवादी दल नेता कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
माओवादी–कांग्रेसले सफलता पाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख लुकाउनुपर्यो । एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो ।
आज सोमवार प्रदेश सभामा राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ४२ मत परेको छ । विपक्षमा कुनै मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका छन् ।
मतदानमा ४२ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए । उपसभामुख कृष्णी थारुले सदनमै रहेपनि मत व्यक्त गरिनन् । उनी नेकपा एमालेबाट उपसभामुख निर्वाचित भएकी हुन् ।
कूल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८० सदस्य कायम छन् । विश्वासका मतका लागि ४१ मत आवश्यक हुन्छ । मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी (जसपा) नेपालका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट निर्वाचित १ स्वतन्त्र सांसदले मत दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।