आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारले राम्राराम्रा कामहरू गरिरहेको छ, गाउँगाउँमा लगेर प्रचार गर्नुहोस् : नेता खतिवडा

देउवा सरकारले राम्राराम्रा कामहरू गरिरहेको छ, गाउँगाउँमा लगेर प्रचार गर्नुहोस् : नेता खतिवडा

  • मिडिया डबली
  • शनिवार, भाद्र ५ २०७८

  • 6.9K
    SHARES

  • देउवा सरकारले राम्राराम्रा कामहरू गरिरहेको छ, गाउँगाउँमा लगेर प्रचार गर्नुहोस् : नेता खतिवडा

    काठमाडौं – ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ नेपाली कांग्रेस गाउँ कार्यसमितिले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कांग्रेसमा युवा नेता रामहरि खतिवडाले माधव नेपालले नै एमाले छोडिसकेकाले अरु अब कोही नबस्ने बताएका छन् ।

    युवा नेता खतिवडाले नेपाली कांग्रेसभित्र टुटफुट र गुट नभई एकजुट हुन आवश्यक रहेको बताए ।

    ‘केपी ओलीको पालामा १६ लाख खोप लगाएको थियो, नेपाली कांग्रेस आएपछि १ करोडभन्दा धेरै खोप १ महिनाभित्रै ल्याएर विद्यार्थी, ज्येष्ठ नगारिकहरूलाई खोप लगाउन पाउने व्यवस्थापन गरेको छ,’ उनले भने ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्राराम्रा कामहरू गरिरहेकाले सबै कामहरू गाउँगाउँमा लगेर प्रचारप्रसार गर्न नेता खतिवडाले आग्रह गरे । 

    कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई लक्षित गर्दै सक्षम नेता छान्नका लागि एकजुट भएर लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई खतिवडाले आग्रह गरेका छन् ।

    विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका सुनकोशी गाउँपालिका–२ का ८ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेको छन् । 

    युवाहरू अशोक सेङ्तान, पदम तामाङ, शंकर विक, सोनाम तामाङ, गोपाल तामाङ, खिमराज तामाङ, कुमार तामाङ र चन्द्र तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    undefinedundefinedundefined

    ओखलढुंगामा अन्य जिल्लाको जस्तो क्रियाशील सदस्यता विवाद नरहेको जिल्ला सभापति सुनुवारले बताए । निर्धारित समयमा हुने अधिवेशनका लागि तयार रहन नेता कार्यकर्तालाई सभापति सुनुवारले अनुरोध गरे ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    undefined

    नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति प्रदीप सुनुवार, युवा नेता रामहरि खतिवडा, जिल्ला कार्यसमितिका अन्य पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय साथै तरुण नेताहरूले नवप्रवेशी युवालाई खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend