शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अध्यादेशको असर : दलभित्र ‘बहुदल’

अध्यादेशको असर : दलभित्र ‘बहुदल’

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 6.3K
    SHARES

  • अध्यादेशको असर : दलभित्र ‘बहुदल’

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८’ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् ।

    अध्यादेश जारी भएलगत्तै जसपा विभाजन भएको छ । जसपाको महन्थ ठाकुर पक्षले बुधबार नै निर्वाचन आयोगमा ‘जसपा नेपाल लोकतान्त्रिक’ दल दर्ता गरेको छ । 

    आजै एमालेको माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन हाल्ने भएको छ । एमालेमा एक सय २० सांसद छन् । अध्यादेशअनुसार एमाले विभाजन गर्न २४ सांसद भए पुग्छ । अहिलेकै अवस्थामा एमालेभित्र पाँचवटा दल बन्न सक्ने सांसद संख्या छ । यसले पनि अब सिंगो र एकढिक्का पार्टीलाई असर पुग्ने देखिन्छ । 

    कुनै नेतामा अध्यक्ष बन्ने महत्वाकांक्षा जागेमा उसले २४ सांसद लिएर नयाँ दल खोल्न सक्छ । त्यसैले अब एउटै दलभित्र बहुदलको सम्भावना बढ्ने देखिन्छ । हिजोका समूह र गुटका नेता अब अमूक दलको अध्यक्ष भएर प्रकट हुने अवस्था सिर्जना भएको छ ।

    एमाले केन्द्रीय कार्यसमिति अहिले दुई सय तीन सदस्यीय छ । मंगलबार मात्रै एमालेले आफ्नो कार्यसमिति दुई सय ६० भएको अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

    तर पहिलेकै दुई सय तीन संख्यालाई आधार मान्ने हो भने ४१ केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्न सकिनेछ । जबकि माधवकुमार नेपालसँग ८० केन्द्रीय सदस्य भएको मानिन्छ ।
    सत्तारुढ कांग्रेसबाट प्रतिनिधिसभामा ६३ सांसद छन् । जसमध्ये दुईजना निलम्बनको अवस्थामा छन् । कांग्रेस विभाजन गर्न १३ सांसद भए पुग्छ । कसैले २४ सांसद लिएर अर्को पार्टी खोल्न सक्छ । 

    कांग्रेसको मौजुदा केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय हो । अध्यादेशअनुसार १७ केन्द्रीय सदस्य लिएर कसैले नयाँ दल दर्ता गर्न सक्छ ।

    अहिले कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, सुनिलकुमार थापा, शेरबहादुर देउवालगायतको अलग अलग समूह छन् । जसमध्ये नयाँ दल दर्ता गर्ने केन्द्रीय सदस्य जुटाउन पौडेल समूहले मात्र सक्छ । सिटौला समूहसँग अर्को दल दर्ता गर्नसक्ने सांसद र केन्द्रीय सदस्य दुवै छैनन् ।

    माओवादी केन्द्रमा सभामुखसहित ४९ सांसद छन् । माओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरी गरी चारजना सांसद पदमुक्त भइसकेका छन् । उनीहरू एमाले प्रवेश गरेकाले माओवादीले कारबाही गरेको हो । यदि माओवादी पार्टी विभाजन गर्नुपरेमा सांसद १० जना भए पुग्छ । तर, केन्द्रीय समिति भने माओवादीको अझै अद्यावधिक भइसकेको छैन । तर, माओवादीमा पार्टी विभाजन गर्नसक्ने, अर्को गुट तयार पार्ने नेताको कमी छ ।

    रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह बाहिरिसकेकाले अध्यक्ष प्रचण्डलाई केही ढुक्क छ । तर, पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट छन् ।

    जसपा त विभाजन नै भइसकेको छ । जसपा विभाजन गर्न सात सांसद भए पुग्छ । तर, आफूसँग १६ सांसद रहेकाले महन्थ ठाकुरले नयाँ दल दर्ता गरिसकेका छन् । जसपामा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको अलग अलग गुट छ । जम्मा सात सांसद मात्र चाहिने हुनाले जसपाभित्र पनि बहुदलको सम्भावना देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend