शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवाले संसद अधिवेशन अन्त्य गरेपछि ओलीनिवास बालकोटमा छटपटी !

देउवाले संसद अधिवेशन अन्त्य गरेपछि ओलीनिवास बालकोटमा छटपटी !

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 7.6K
    SHARES

  • देउवाले संसद अधिवेशन अन्त्य गरेपछि ओलीनिवास बालकोटमा छटपटी !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा छटपटी भएको छ ।

    नेकपा एमालेलाई लक्षित गर्दै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी भएको दाबी गर्दै एमाले नेताहरू छलफलमा जुटेका छन् ।

    ओलीनिवास बालकोटमा ओली पक्षीय नेताहरूको आकस्मिक बैठक बसेको छ । बैठकमा दल विभाजन हुँदा क्षति न्युनिकरण गर्ने उपायबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक रहेर दल विभाजन गर्न चाहेका छन् । नेता नेपाललाई सहज हुने गरी दल विभाजन अध्यादेश आउने चर्चा राजनीतिक वृत्तमा चुलिएको छ ।

    संसद अधिवेशन आज सोमबारै मध्यराति अन्त्य भएको छ । अधिवेशन अन्त्यबारे सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सूचना पढेर सुनाएका छन् ।

    अध्यादेशबाट एमाले विभाजन हुनसक्ने देखिएपछि एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायत पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरू बालकोट गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend