काठमाडौं - एमाले अध्यक्ष केपी ओलीको उदय र पतनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्य भूमिका मानिन्छ । यदि एमालेसँग माओवादी केन्द्रले चुनावमा वाम एकता नगरेको भए ओली प्रधानमन्त्री नै बन्ने थिएनन् ।
मुलुकका सबै संरचनामा ओलीको हालीमुहाली चल्ने थिएन । ओलीलाई सडकमै ल्याएपछि प्रचण्डको हैसियत फेरि बढेको छ ।
अब प्रचण्डको प्रमुख रणनीति कांग्रेसको संगठन कमजोर बनाउने, देशमा कांग्रेसको पकड बलियो बनाउन नदिने, चुनावमा बहुमत ल्याउन नदिनेतिर केन्द्रित हुन थालेको छ । त्यसको सुरुवात उनले जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमै प्रस्ताव गरेका छन् ।
प्रचण्डले आगामी चुनावसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने गरी जुन प्रस्ताव गरेका छन्, यसले कांग्रेसको भूमिका कमजोर बनाउने भन्दै विरोध सुरु हुन थालेको छ ।
प्रचण्डको प्रस्तावपछि कांग्रेसमा निराशा उत्पन्न भएको छ । फेरि पनि गठबन्धनका नाममा कांग्रेसका मतदाताले कम्युनिस्ट, त्यो पनि माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्नुपर्ने भो भन्दै निराशा उत्पन्न भएको हो ।
पहिले पनि कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरेको थियो । तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्ड केपी ओलीसँग मिल्न गए । जसका कारण कांग्रेस २३ सिटमै खुम्चनुपरेको थियो । त्यही नियति दोहोरिने हो कि भन्दै कांग्रेसमा असन्तुष्टि सुरु भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।