आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश ल्याउन तरुण दलको खबरदारी

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश ल्याउन तरुण दलको खबरदारी

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 3.9K
    SHARES

  • अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश ल्याउन तरुण दलको खबरदारी

    काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विद्रोही संगठन तालिबानको कब्जामा पुगेको अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई खबरदारी गरेको छ ।

    तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीको उद्धार गर्न आग्रह गरेका छन् ।

    ‘अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढेसँगै त्यहाँ विभिन्न काम, पेशा र व्यवसायका कारण रहेका नेपाली नागरिकहरूको सुरक्षाको जोखिम बढेको छ । यस्तो अवस्थामा द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकहरूलाई सरकार आफैंले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरूको जीवनरक्षा गर्नका निम्ति संवेदनशील भइदिन पनि नेपाल तरुण दल केन्द्रीय समिति नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विद्रोही तालिबानीले विदेशीलाई अफगानिस्तान छाड्न समय दिएकाले तत्काल नेपालीको उद्धार गर्न तरुण दलले आग्रह गरेको छ ।

    विज्ञप्तिमा उल्लेख छ, ‘अफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकहरूलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकाले पनि अफगानिस्तानमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि  नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend