आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेबाट निर्वाचित उपाध्यक्षको सरकारी स्कूटरमा देवरको रजाइँ !

एमालेबाट निर्वाचित उपाध्यक्षको सरकारी स्कूटरमा देवरको रजाइँ !

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 6.4K
    SHARES

  • एमालेबाट निर्वाचित उपाध्यक्षको सरकारी स्कूटरमा देवरको रजाइँ !

    काठमाडौं – कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सरकारी सेवासुविधाको दुरुपयोग गरेकी छन् । 

    कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे१ब १४२४ नम्बरको स्कूटर उपाध्यक्ष शाहीले १ वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका आफ्नो देवर दिपक शाहीलाई दिएकी छन् ।

    गाउँपालिकाको बजेटमा खरिद गरिएको स्कूटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

    ‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वाभाविक हो तर दुरुपयोग गर्न पाइँदैन,’ स्थानीय तिलक चौलागाईंले भने ।

    शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि स्थानीय नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन् तर गाउँपालिकाले महंगो स्कार्पियो गाडी खरिद गरेको छ । उपाध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend