आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुट्नै लाग्दा यी २ नेता अकस्मात भारत छिरे, के पाक्दैछ खिचडी ?

एमाले फुट्नै लाग्दा यी २ नेता अकस्मात भारत छिरे, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 8.1K
    SHARES

  • एमाले फुट्नै लाग्दा यी २ नेता अकस्मात भारत छिरे, के पाक्दैछ खिचडी ?

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसामु नझुक्ने र बरु नयाँ पार्टी खोल्ने बताउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि शनिवार अडान दोहोर्‍याएका छन् ।

    समान हैसियतको हस्ताक्षर चल्ने अधिकारसहित एकता नभए ओलीसामु नझुक्ने अडान नेपाल पक्षको छ । पार्टीभित्र विवाद मिल्न नसकेका बेला २ जना प्रभावशाली नेताहरू अकस्मात भारतको नयाँदिल्ली पुगेका छन् ।

    नयाँदिल्लीको अपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेताहरू सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेका छन् ।

    नेपाल एयरलाइन्सको विमानबाट शनिबार बिहान साढे ११ बजे दुबै नेता नयाँदिल्ली गएका स्रोतले जनाएको छ । दुबै नेताले खनालसँग भेटेर पार्टी विवादबारे छलफल गर्ने जनाइएको छ ।

    एमाले विभाजनको संघारमा पुगेको बेला दुबै नेताहरू पार्टी एकताको पक्षमा रहेका पक्षमा छन् । एमालेमा १० बुँदे सहमति कार्यान्यन हुनुपर्ने भन्दै पाण्डे र आचार्य सक्रिय रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend