काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहेका बेला पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विशेष जिम्मेवारी पाएका छन् ।
टुंग्याउन बाँकी रहेको क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति खोज्ने पूर्व महामन्त्री सिटौला सम्मिलित विशेष कार्यदल गठन गरिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका आधारमा थप छानविन गरी शतप्रतिशत विवाद समाधान गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदल बनाइएको छ ।
नेता लेखक यसअघि क्रियाशील सदस्यता छानविन समितिका संयोजक रहेका थिए भने सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमा सहमतिका लागि छलफल गरेका थिए ।
बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला, रिजाल र लेखकले जिल्ला तहसम्मकै समस्या समाधान हुने गरी सदस्यताबारे सहमति गर्ने निर्णय भएको बताएका छन् ।
कांग्रेसमा क्रियाशील सदस्यताकै विवादका कारण महाधिवेशन मंसिरमा सरेको छ । वडा अधिवेशन भने भदौ १८ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।