आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सरकारमाथि निगरानी गर्न एमालेका यी नेताहरू छायाँ सरकारका मन्त्री !

कांग्रेस सरकारमाथि निगरानी गर्न एमालेका यी नेताहरू छायाँ सरकारका मन्त्री !

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 4.6K
    SHARES

  • कांग्रेस सरकारमाथि निगरानी गर्न एमालेका यी नेताहरू छायाँ सरकारका मन्त्री !

    काठमाडौं –  पछिल्लो समय संघ र विभिन्न प्रदेश सरकारबाट नेकपा एमाले बहिर्गमित भइरहेको छ । संघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने गण्डकी प्रदेशमा नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् ।

    एमाले सत्ताबाट बाहिरिएपछि कांग्रेस सरकारमाथि निगरानी गर्न अब छायाँ सरकारको अभ्यास गर्न थालेको छ ।

    गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय बोर्डको बैठकले प्रदेश सरकारका ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । 

    अधिकारीले प्रदेशमा ११ मन्त्रालय भएपनि ९ संसदीय समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने जानकारी दिए ।

    संसदीय समितिका संयोजकलाई छायाँ मन्त्रीसरह हेरिएको छ । भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक तोकिएको छ । संसदीय समितिका सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहेका छन् । बस्नेत यसअघि भौतिक पूर्वाधार मन्त्री नै रहेका थिए ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । समितिको सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका छन् । लम्साल यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नै रहेका थिए ।

    सामाजिक विकास मन्त्रालय हेर्ने समितिको संयोजकमा नरदेवी पुन मगरलाई संयोजक बनाइएको छ । समितिको सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट छन् । संयोजक पुन नै यसअघि सामाजिक विकास मन्त्री रहेकी थिइन् ।

    कानून, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजकमा चन्द्र मोहन गौचन तोकिएका छन् । समितिको सदस्यमा पुष्पा केसी भण्डारी तोकिएकी छन् । अर्थ मन्त्रालय हेर्ने समितिको संयोजक इन्द्रलाल सापकोटा तोकिएका छन् भने सदस्यमा कृष्णबहादुर थापा तोकिएका छन् ।

    भूमि, व्यवस्था, कृषि मन्त्रालय हेर्ने समितिको संयोजकमा मित्रकुमारी गुरुङ तोकिएकी छन् । समितिको सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली तोकिएका छन् ।

    ऊर्जा तथा खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ तोकिएका छन् भने समितिको सदस्यमा धनञ्जय दवाडी तोकिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने समितिको संयोजकमा मोहनप्रसाद रेग्मीले तोकिएका छन् भने समितिको सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ रहेका छन् ।

    स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद मन्त्रालय हेर्ने समितिको संयोजकत्वमा राजीव पहारी चयन भएका छन् भने समितिको सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर तोकिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend