आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेलले निहुँ खोजेपछि कांग्रेसमा उठ्यो विद्रोह, यस्तो छ भित्री रहस्य !

रामचन्द्र पौडेलले निहुँ खोजेपछि कांग्रेसमा उठ्यो विद्रोह, यस्तो छ भित्री रहस्य !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 4.4K
    SHARES

  • रामचन्द्र पौडेलले निहुँ खोजेपछि कांग्रेसमा उठ्यो विद्रोह, यस्तो छ भित्री रहस्य !

    काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएको खबरले पार्टीमा तरङ्ग ल्यायो ।

    पार्टी विधानमा महाधिवेशन प्रतिनिधि सरहको अधिकार प्राप्त नभएपछि आक्रोशित हुँदै आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा बुझाएका थिए । तर सभापति देउवाले असन्तुष्टिका विषयमा पार्टीमा छलफल गर्न सकिने भन्दै राजीनामा स्वीकृत गरेनन् ।

    देशभरका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा नै दिनुपर्ने अवस्था किन आयो ? यसका पछाडिको रहस्य के हो ?

    कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् । तर आमन्त्रित केन्द्रीय सदस्यलाई भने तल्ला कमिटीबाटै चुनाव जितेर महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति सभापति देउवा सकारात्मक रहेपनि वरिष्ठ नेता रामचन्द्र पौडेलले निहुँ खोजेको स्रोतको दाबी छ ।

    शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएपछि बोलेका वरिष्ठ नेता पौडेलले आमन्त्रित केन्द्रीय सदस्यको माग पूरा हुन नसक्ने अडान लिए ।

    वरिष्ठ नेता पौडेलले बैठकमा भने, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । कि सभापतिले विधान संशोधन प्रस्ताव ल्याउनुपर्‍यो । होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरूका लागि मात्रै कसरी गर्ने ?’ निर्वाचन निर्देशिकामार्फत महाधिवेशन प्रतिनिधि चयन सम्बन्धी प्रावधानमा हेरफेर हुनुपर्ने आमन्त्रित केन्द्रीय सदस्यहरूको माग छ ।

    बैठकमा बोल्दै सभापति देउवाले राजीनामा दिएकाहरूको माग सुनुवाइ हुने बताए । ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेशनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न,’ सभापति देउवाले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend