शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवा सरकारमा नयाँ मन्त्रीको नियुक्ति तत्कालै नहुने, प्रचण्डले गरे यस्तो खुलासा

देउवा सरकारमा नयाँ मन्त्रीको नियुक्ति तत्कालै नहुने, प्रचण्डले गरे यस्तो खुलासा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 5.1K
    SHARES

  • देउवा सरकारमा नयाँ मन्त्रीको नियुक्ति तत्कालै नहुने, प्रचण्डले गरे यस्तो खुलासा

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार तत्कालै नहुने खुलासा गरेका छन् ।

    आज शुक्रवार माओवादी पार्टी कार्यायल पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अझै केहीदिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

    मन्त्रिपरिषद् विस्तारबारे स्थायी कमिटी सदस्यले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले विभिन्न पार्टीभित्र देखिएको किचलोका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताए ।

    अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘मन्त्रिपषिद् विस्तार गर्नुपर्छ भनेर लागेकै छौं तर तत्काल अघि बढ्ने सम्भावना देखिँदैन । पार्टीहरुका आन्तरिक समस्या पनि छन्, माधव कमरेडहरुलाई पनि केही दिन पर्खिने कि भन्ने जस्तो छ । ठोस केही बनिसकेको छैन ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको १ महिना बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    प्रधानमन्त्री देउवाले सरकारमा ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका छन् । गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार नै गर्न नसकेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले आलोचना गरिरहेका छन् ।

    यसैबीच, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले आफ्नो पार्टी सहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको ४ महिना केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    देउवा सरकारलाई सफल बनाउनका लागि अबको ४ महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    प्रवक्ता श्रेष्ठले बैठकपछि भने, ‘अबको ४ महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend