आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस बैठकमा डा. शेखर कोइरालाले राखे यी ९ कुरा, २ महिनाभित्र महाधिवेशन !

कांग्रेस बैठकमा डा. शेखर कोइरालाले राखे यी ९ कुरा, २ महिनाभित्र महाधिवेशन !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 6.4K
    SHARES

  • कांग्रेस बैठकमा डा. शेखर कोइरालाले राखे यी ९ कुरा, २ महिनाभित्र महाधिवेशन !

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै १४औं महाधिवेशन पटक–पटक सर्दै आएपनि अब त्यस्तो हुन नहुने बताएका छन् ।

    शुक्रबारको बैठकमा डा. कोइरालाले आगामी डेढ/दुई महिनाभित्र महाधिवेशन सम्पन्न हुनुपर्ने बताएका छन् ।

    नेता कोइरालाले प्रधानमन्त्री निर्वाचित भएकोमा सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’

    यस्ता छन् नेता कोइरालाले बैठकमा राखेका कुराहरू –

    नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति वैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राख्नुभएको मन्तव्यको सम्पादित अंश:

    १. सरकारलाई बधाई ! शुभकामना-सफलताको कामना।

    २. प्रधानमन्त्रीजी ले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?

    ३. २ महिनादेखी १५ मन्त्रालय नेतृत्व बिहिन छन । यसले कसरी जनहितमा काम गर्न सक्छ र शुसासन दिन सक्छ ?  

    ४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनैती छ ।

    ५. यतिबेला अन्तर्राष्ट्रिय परिश्थिती कांग्रेस पार्टीको प्रतिकुल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरु संगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउँन केन्द्रित हुनुपर्ने देखिन्छ।

    ६. आज दु:ख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रिय समिती बैठक यहाँ गर्दैछौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन। उनीहरुको माग हामीले सुन्नुै पर्छ । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो।मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं।

    ५. अधिवेशन : संबिधान र कानुन हामीले नै बनाएको हौँ । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो। त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिंक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो। पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउँनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा ईच्छाशक्ति  देखिएन। 

    ६. क्रियाशिल सदस्यता : तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका छानबिन समितीले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट बिधि बिपरित थपिएका क्रियाशिल सदस्यता र पार्टी समायोजन नाममा प्रकृया नपुर्याइ बितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो । नेतृत्व र क्रियासिल छानबिन समितीले क्रियाशिलमा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन । जुन-जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाअधिवेशनका क्रियाशिललाई आधार मानेर अधिवेशनमा जाऔँ ।

    ७. निर्देशिका :  गत निर्वाचनमा विद्रोही उमेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशिल नविकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाँउने व्यबस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशिल सदस्य छानविन समितिका संयोजक रमेश लेखक ज्युले राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उमेद्वारको नविकरण छुटेको छ । नविकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यबस्था निर्देशिकामा राख्नुपर्छ ।

    ८. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट बिषेश महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक- पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशिलको बिवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।

    ९. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो । यसमा देशवासीको चासो र चिन्ता त छ नै , अन्तराष्ट्रिय समुदायको पनि हामी प्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४औ महाधिवेशनको संघारमा हामीले एकतावद्ध भएर हामी प्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।

    (२०७८ श्रावण २९ गते)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend