आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सहमहामन्त्री महतलाई बदनाम गर्न बोल्दै नबोलेको कुरा प्रचार भएपछि ...

कांग्रेस सहमहामन्त्री महतलाई बदनाम गर्न बोल्दै नबोलेको कुरा प्रचार भएपछि ...

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 4.0K
    SHARES

  • कांग्रेस सहमहामन्त्री महतलाई बदनाम गर्न बोल्दै नबोलेको कुरा प्रचार भएपछि ...

    काठमाडौ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । 

    उनले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बीचमा राखेका कुरालाई जोडेर ‘शेरबहादुर देउवा किन मलाई मनपर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेका कुरा सञ्चारमाध्यममा एकपछि अर्को गरी सुनियोजित रूपमा सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

    उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनका विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरूलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको । प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरूले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर छलफलमा मैले जिज्ञासा मात्र राखेको हो ।’

    महतले अगाडि भनेका छन्, ‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ, त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रूपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।’

    ‘छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी सञ्चारमाध्यममा त्यहीँ भित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र शुभचिन्तकहरूमा निवेदन गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend