आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीमा माओवादी–कांग्रेसको सरकार बनेपछि यी ८ निर्णय

लुम्बिनीमा माओवादी–कांग्रेसको सरकार बनेपछि यी ८ निर्णय

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 6.7K
    SHARES

  • लुम्बिनीमा माओवादी–कांग्रेसको सरकार बनेपछि यी ८ निर्णय

    काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धनबाट बनेका मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बिहीवार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ ।

    बिहीवार नै मुख्यमन्त्री नियुक्त भएका केसीले ७ सदस्यीय मन्त्रिपरिषद गठन गरेपछि बैठक बसेको हो ।

    नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणपछि प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

    मन्त्रिपरिषद बैठकले ५ नम्बर सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत् एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

    प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई तोक्ने निर्णय भएको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरिएको छ ।

    बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप २ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

    मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मशिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend