आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीमा आजै मुख्यमन्त्रीसँगै यी बन्दैछन् मन्त्री, कुन पार्टीबाट को–को ?

लुम्बिनीमा आजै मुख्यमन्त्रीसँगै यी बन्दैछन् मन्त्री, कुन पार्टीबाट को–को ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 5.5K
    SHARES

  • लुम्बिनीमा आजै मुख्यमन्त्रीसँगै यी बन्दैछन् मन्त्री, कुन पार्टीबाट को–को ?

    काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन बहुमतसहित दाबी पेश गरेको छ ।

    प्रदेश सभाको बहुमत अर्थात् ४२ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेको छ । 

    लुम्बिनीमा विपक्षी गठबन्धनको बहुमत रहेकाले बिहीवार नै नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै केसीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ ।

    मन्त्रिपरिषद्मा पहिलो चरणमा कांग्रेसबाट दाङका सांसद डिल्लीबहादुर चौधरी र जसपाबाट कपिलवस्तुका सहश्राम यादव मन्त्री बन्ने सम्भावना रहेको जनाइएको छ ।

    कांग्रेसका चौधरीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी पाउने स्रोतले जनाएको छ ।

    माओवादी केन्द्रबाट दाङकी दामा शर्मा र इन्द्रजित चौधरी तथा सुदर्शन बराल मन्त्री बन्ने चर्चा रहेको छ । बराल पूर्व सामाजिक विकासमन्त्री समेत हुन् । 

    कांग्रेसबाट वीरबहादुर राना, निर्मला क्षेत्री र रमा अर्यालको नाम समेत मन्त्री बन्ने चर्चामा रहेको छ ।

    जनता समाजवादी पार्टीबाट तीनै जना सांसद मन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलका नेता सहश्राम यादव पहिलो चरणमै मन्त्री बन्ने भएका छन् भने बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा विश्वासको मत पाएपछि मन्त्री बन्ने भएका छन् । ३ जनामध्ये २ जना विना विभागीय मन्त्री बन्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend