आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीमा माओवादीको कब्जा, कांग्रेस बन्यो भर्‍याङ !

लुम्बिनीमा माओवादीको कब्जा, कांग्रेस बन्यो भर्‍याङ !

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 4.3K
    SHARES

  • लुम्बिनीमा माओवादीको कब्जा, कांग्रेस बन्यो भर्‍याङ !

    काठमाडौं – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले कब्जा जमाएको छ ।

    नेकपा एमालेका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अगाडि बढेसँगै लुम्बिनी प्रदेशमा माओवादीको कब्जा हुने देखिएको छ ।

    प्रदेशका प्रमुख पदहरू प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख रहेका छन् । तर यी ३ वटै पदमा माओवादी नेताहरू देखिने भएका छन् ।

    प्रदेशको मुख्यमन्त्रीमा कुलबहादुर केसी चयन हुने सहमति बहुमतयुक्त विपक्षी गठबन्धनमा भइसकेको छ । माओवादी नेता रहेका केसीको पक्षमा बिहीबार बहुमत सांसदले दाबी पेश गर्ने र बिहीबार नै नियुक्त हुने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

    माओवादीबाटै सभामुख पूर्ण घर्ती सुरूदेखि नै रहेका छन् । हालै प्रदेश प्रमुख भएर माओवादी नेता अमिक शेरचन लुम्बिनी प्रदेशमा आएका छन् । यसरी प्रदेशका सबै प्रमुख पदमा माओवादीकै कब्जा हुने देखिएको छ । यसरी लुम्बिनीमा माओवादीको कब्जा हुनुमा नेपाली कांग्रेस भर्‍याङ बनेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी नेता अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएर लुम्बिनीमा पठाएको छ भने कांग्रेसकै सहयोगमा माओवादी नेता केसी मुख्यमन्त्री बन्दैछन् । कांग्रेसबाट माओवादीले यतिधेरै लाभ लिएपनि कांग्रेस ३ वटा मन्त्रालयमै सीमित हुने देखिएको छ ।

    नयाँ प्रदेश प्रमुख आउनुअघि प्रदेश प्रमुख र मुख्यमन्त्री एमालेका थिए भने सभामुख माओवादीका थिए ।

    यसैबीच, नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार बन्ने भएको छ ।

    पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म बहुमतको दाबी पेश गर्न आह्वान गरिसकेका छन् ।

    कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी नेता कुलप्रसाद केसी बन्ने भएका छन् ।

    प्रदेशसभाको बाँकी १६ महिने कार्यकालमध्ये ८ महिना केसी मुख्यमन्त्री हुने र त्यसपछिका ८ महिना नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री हुने सहमति भएको छ ।

    सम्भवतः भोलि नै मुख्यमन्त्री बन्ने केसी नेतृत्वको गठबन्धन सरकार १० सदस्यीय हुने सहमति जुटेको स्रोतले जनाएको छ ।

    सहमतिअनुसार माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित ३ मन्त्रालय लिने भएका स्रोतको दाबी छ । बाँकी रहेका ४ मन्त्रालयमा गठबन्धनमा भागबण्डा हुनेछ ।

    गठबन्धनमा केसीको पक्षमा कूल ४१ सांसद खुलेका छन् । जसमा कांग्रेसबाट १९ जना, माओवादीबाट १८ जना, जसपाबाट ३ जना र जनमोर्चाबाट १ जना छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend