काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेलले कडा आक्रोश व्यक्त गरेका छन् ।
निर्धारित मितिमै पार्टी महाधिवेशन नहुने निश्चितजस्तै भएपछि नेता पौडलले आक्रोश पोखेका हुन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले महाधिवेशन नगरेर पार्टी नेतृत्वले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको आरोप लगाए ।
पौडेलले लेखेका छन्, ‘पार्टी विधानले ४ वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर १ वर्ष थपियो । देशको संविधानलाई समातेर ६ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरु के हुन्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् ।’
सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् भन्ने वाक्य समेत लेखेर नेता पौडेलले देउवा प्रधानमन्त्री भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।