काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते बोलाएको छ ।
सभापति शेरबहादुर देउवाले साउन २८ गते दिउँसो २ बजे सानेपामा बस्ने गरी बैठक बोलाएका छन् ।
बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेसमा महाधिवेशनको मिति नजिकिँदै गएको छ भने तल्ला तहका अधिवेशन हुन सकेका छैनन् । महाधिवेशन अनिश्चित बन्दै गइरहेका बेला बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकलाई चासोका साथ हेरिएको छ । बैठकबाट हुने निर्णयले कांग्रेस पार्टीमा अर्थ राख्ने जानकारहरू बताउँछन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।