काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन् ।
साउन २५ गते देशभरका जिल्ला सभापतिहरु भेला हुने तयारी छ । महाधिवेशन अन्योलमा परेको अवस्था रहेकाले भेला गर्न लागिएको एक नेताले जानकारी दिए ।
ती नेताले नाम नखुलाउने शर्तमा भने, ‘महाधिवेशन अन्योलमा परेको छ । पार्टीलाई संकटबाट टार्न सुझाव दिन बैठक गर्दैछौं ।’ पौडेलसहित नेताहरु बिहीवार बेग्लै भेला गरिसकेका छन् ।
वरिष्ठ नेता पौडेल पक्षले भदौ २३ गतेपछि सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमितिलाई मान्न नसकिने चेतावनी दिएर भदौ १६–१९ गतेमै महाधिवेशन गर्न दबाब दिँदै आएको छ ।
तत्काल महाधिवेशन सम्भव नदेखिए विशेष महाधिवेशन गर्न समेत पौडेल पक्षले माग गरेको छ । सभापति देउवाले भदौमै महाधिवेशन गर्न आफू तयार रहेको बताउँदै आएका छन् । क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।