आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अचानक ज्वरो आएपछि कांग्रेस नेता महर्जन अस्पताल भर्ना

अचानक ज्वरो आएपछि कांग्रेस नेता महर्जन अस्पताल भर्ना

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 8.3K
    SHARES

  • अचानक ज्वरो आएपछि कांग्रेस नेता महर्जन अस्पताल भर्ना

    काठमाडौं – नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

    नेता महर्जनलाई बुधवार अचानक ज्वरो आएपछि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ ।

    महर्जनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । चिकित्सकहरुले शुक्रवार चेकजाँच गरेर डिस्चार्जको तयारी गरेका छन् ।

    सचिव महर्जनलाई १०३ डिग्रीको ज्वरो आएको चिकित्सकले जनाएका छन् । महर्जनलाई भाइरल ज्वरो आएको चेकजाँचका क्रममा देखिएको अस्पतालले जनाएको छ ।

    यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले महर्जनलाई अस्पतालमा भेटेर स्वास्थ्यका विषयमा जानकारी लिएका छन् ।

    बस्नेत खेलकुद विभागका प्रमुख पनि हुन् । आफ्नै विभागका सचिव महर्जन अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्थाको जानकारी लिन आएको जनाइएको छ ।

    कांग्रेसका युवा नेता एवं पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेसका नेता रामकृष्ण लामा ‘इन्द्र’ सहितका नेताहरूले महर्जनलाई अस्पतालमा भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

    कांग्रेसका नेता प्रकाशमान सिंह र शेखर कोइरालाले पनि नेता महर्जनलाई टेलिफोन गरेर स्वास्थ्यका विषयमा जानकारी लिए ।

    नेता महर्जनको स्वास्थ लाभको कामना व्यक्त गर्न यतिखेर सुमेरु अस्पतालमा निकै भीड लाग्ने गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend