आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलको कुर्सी ढल्नै लाग्दा एमालेमा भयंकर छटपटी !

शंकर पोखरेलको कुर्सी ढल्नै लाग्दा एमालेमा भयंकर छटपटी !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 5.4K
    SHARES

  • शंकर पोखरेलको कुर्सी ढल्नै लाग्दा एमालेमा भयंकर छटपटी !

    काठमाडौं – लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख बनेर अमिक शेरचना आएपछि विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी ढाल्ने प्रक्रिया थालेको छ । जसका लागि प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

    नेपाली कांग्रेस र माओवादी केन्द्र लगायत दल सहभागी विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गते प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन आह्वान गरेका छन् । यससँगै नेकपा एमालेमा छटपटी सुरु भएको छ ।

    प्रदेश प्रमुख शेरचनले आह्वान गरेको विशेष अधिवेशन संविधानविपरीत भएको नेकपा एमालेको दाबी रहेको छ ।

    एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीवार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमीश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकार २ वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरेका छन् ।

    ‘अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाउनुभएको विशेष अधिवेशनप्रति एमालेको गम्भीर आपत्ति छ,’ ढकालले भने, ‘यो संविधान विपरीत छ, यसले संविधान उल्लंघन गरेको छ ।’ ढकालले विशेष अधिवेशन आह्वानप्रति पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताएका छन् ।

    ढकालले सांसद विमला वलीले पार्टीको ह्वीप उल्लंघन गरेको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन आफू वलीको घर दाङ गएको स्पष्ट पारेका छन् । वली एमाले संसदीय दलको बैठक र दाङ जिल्ला पार्टी कमिटीमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी नेकपा एमाले नै भएको ढकालले तर्क गरेका छन् ।

    सांसद वलीमाथि पार्टीले कारबाही गर्नसक्ने ढकालले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend