आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलविरुद्ध कांग्रेस–माओवादीको निर्णायक ‘एक्सन’, यी हुन् नयाँ मुख्यमन्त्री !

शंकर पोखरेलविरुद्ध कांग्रेस–माओवादीको निर्णायक ‘एक्सन’, यी हुन् नयाँ मुख्यमन्त्री !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 3.7K
    SHARES

  • शंकर पोखरेलविरुद्ध कांग्रेस–माओवादीको निर्णायक ‘एक्सन’, यी हुन् नयाँ मुख्यमन्त्री !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रदेश प्रमुखमा अमिक शेरचनालाई पठाएपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक ‘एक्सन’ थालेका छन् ।

    लुम्बिनीमा रहेको कांग्रेस–माओवादीको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

    प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले दिउँसो पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको बताएका छन् ।

    माओवादी केन्द्रका दल नेता कूलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले बताएका छन् । लुम्बिनीका ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भएको छ । 

    यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने दोस्रो पटक वैशाख २६ गते अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले बताएका छन् ।

    यसअघि प्रदेश प्रमुख अनुकूल नभएकाले पुनः मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै नियुक्ति दिइएको थियो । तर यसपालि कांग्रेस–माओवादीले पोखरेल विरुद्धको अविश्वास प्रस्तावलाई निर्णायक भनेका छन् ।

    हिजो सोमवार गठबन्धनले प्रदेश प्रमुखलाई संविधानको १६८(२) अनुसार मिलिजुली नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गर्दै निवेदन दिएका थिए । 

    गत वैशाख १९ गते राजीनामा दिएका पोखरेलले पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend