काठमाडौं – मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पर्खिरहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको छ ।
राजधानी काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि प्रयास जारी राख्ने निर्णय गरेको हो ।
एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने निर्णय बैठकले गरेको जनाइएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई देशद्रोही भनेर दिएको अभिव्यक्तिलाई बैठकले एकताविरोधी भएको जनाएको छ ।
अध्यक्ष ओली पक्षले एकतर्फी रुपमा पार्टी बैठक राखेर महाधिवेशनबारे निर्णय गर्नु एकता विरोधी भएकाले तत्काल बन्द गर्नुपर्ने सुझाव समेत बैठकले दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।