आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवलाई खुसी पार्न संविधान संशोधन गर्न देउवा सरकार तयार !

उपेन्द्र यादवलाई खुसी पार्न संविधान संशोधन गर्न देउवा सरकार तयार !

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 6.2K
    SHARES

  • उपेन्द्र यादवलाई खुसी पार्न संविधान संशोधन गर्न देउवा सरकार तयार !

    काठमाडौं – सत्तारुढ ५ दल आवद्ध गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।

    असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरुबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाइएको थियो ।

    कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रुप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबण्डाको काम समेत गरिरहेको छ ।

    कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम बनाइँदै गरेको बताए । ‘सरकारसँग सम्बन्धित विषयमा न्यूनतम कार्यक्रम बनाउँदैछौं, सरकारले के–के गर्ने भन्ने कुरा हामीले साझा कार्यक्रममा ल्याउँदै छौं, ड्राफ्ट तयार हुँदैछ,’ कार्यदलका संयोजक खड्काले भनेका छन् ।

    साझा कार्यक्रमको तयार मस्यौदामा प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसूस गरिएको उल्लेख गरिएको छ ।

    कार्यदलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

    अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्‍याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय समेत उल्लेख छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उठाउँदै आइरहेको संविधान संशोधनको मुद्दाका विषय समेत सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रममा आउँदैछ ।

    गठबन्धनमा आबद्ध दलहरूबीच गरिने काम र सहकार्यका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखेर गठबन्धनको शक्तिलाई थप बलियो बनाउने विषय पनि सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

    कार्यदलका सदस्य कांग्रेस नेता रमेश लेखकले सरकारले गर्नुपर्ने न्यूनतम कार्यक्रम साझा कार्यक्रममा आउने बताएका छन् ।

    ‘सरकारले के–के काम गर्ने, सरकारको प्राथमिकता के हो भन्ने कुरा न्यूनतम साझा कार्यक्रममा आउँछ, केही विषयमा अघिल्ला सरकारले गरेका कामको पनि समीक्षा हुन्छ,’ कार्यदलका सदस्य लेखकले भनेका छन् ।

    कार्यदलले केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाउने र शीर्ष नेतृत्वबाट पास भएपछि सरकारले सोही नीतिअनुसार काम गर्ने जनाइएको छ ।

    कार्यदलमा कांग्रेसबाट डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend