आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विपद्का बेला उद्धारमा लाग्न कांग्रेस कार्यकर्तालाई नेता कोइरालाको आग्रह

विपद्का बेला उद्धारमा लाग्न कांग्रेस कार्यकर्तालाई नेता कोइरालाको आग्रह

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 2.6K
    SHARES

  • विपद्का बेला उद्धारमा लाग्न कांग्रेस कार्यकर्तालाई नेता कोइरालाको आग्रह

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले विपद्का बेला उद्धारमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता कोइरालाले सिन्धुपाल्चोकमा आएको बाढीबाट प्रभावितको उद्धारमा लाग्न आग्रह गरे ।

    नेता कोइरालाले लेखेका छन्, ‘सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको माथिल्लो भागमा परेको वर्षाका कारण पुनः बाढी आई हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको विभिन्न भागमा क्षति पुर्‍याएको छ । विपद्को यो समयमा सुरक्षित र संयमित भई उद्धारमा लाग्न पार्टीका साथीहरूलाई हार्दिक आग्रह गर्दछु । हाल हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाको विभिन्न भाग सडक सञ्जालबाट सम्पर्क बिच्छेद भएका छन् । तत्काल बेलिब्रिज निर्माण गरी यी क्षेत्रलाई सडक सञ्जालमा जोड्न र प्रभावित स्थानीयहरूको उचित बसोबासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

    नेता कोइरालाले अवरुद्ध भएको सडक सञ्जाल जोड्न र स्थानीयको उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend