काठमाडौं – निवर्तमान कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट हरेक चिजमा पैसा लिने गरेका थिए । जसमध्ये कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र समेत एक थियो ।
तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि जनताले खोप प्रमाणपत्र निःशुल्क पाउने निर्णय भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट खोप प्रमाणपत्र निःशुल्क दिने निर्णय भएको हो ।
सरकारी निर्णयपछि पनि कतिपय अस्पतालले शुल्क लिइरहेको जनगुनासो आएपछि आईतबार मन्त्रालयले पत्राचार गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामति कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई पत्राचार गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।