आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारमा देउवा, पौडेल र सिटौलालाई कति–कति भाग ? यी बन्दैछन् मन्त्री

सरकारमा देउवा, पौडेल र सिटौलालाई कति–कति भाग ? यी बन्दैछन् मन्त्री

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 6.0K
    SHARES

  • सरकारमा देउवा, पौडेल र सिटौलालाई कति–कति भाग ? यी बन्दैछन् मन्त्री

    काठमाडौं – सत्तारुढ गठबन्धनभित्रै मन्त्रालयको भागबण्डा टुंगो नलागेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै भागबण्डा मिलाउनुपर्ने अवस्था छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले छुट्टाछुट्टै भेला गरेर सरकारमा हिस्सा खोजेका छन् ।

    सभापति देउवालाई पार्टीमा सबैलाई मिलाएर जान पौडेल र सिटौलासँग सरकारमा पठाउनुपर्ने मन्त्रीको नाम समेत मागिसकेका छन् । देउवाले आफ्नो पक्षबाट ३ जना मन्त्री र आफू गरी ४ सांसदलाई सरकारमा सहभागी गराइसकेका छन् ।

    गत असार २९ गते सरकारको नेतृत्व सम्हालेका सभापति देउवाले गृहमन्त्रीमा बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका थिए । देउवाले साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।

    धेरै दलको सत्तारुढ गठबन्धन भएकाले सबैलाई खुसी राख्नुपर्ने चुनौती देउवासँग छ । त्यससँगसँगै पार्टीभित्रको समीकरण मिलाउनुपर्ने बाध्यता समेत देउवालाई छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् ।

    मन्त्रालय भागबण्डामा अब काँग्रेसले बढीमा ५ मन्त्रालय पाउने सम्भावना छ । थप २ मन्त्री आफ्नो पक्षलाई बनाउने गरी देउवाले पौडेल पक्षलाई २ र सिटौला पक्षलाई १ मन्त्रालय दिने तयारी गरेका स्रोतको दाबी छ । पौडेल पक्षले भने ४ मन्त्रालय मागिरहेको जनाइएको छ ।

    वरिष्ठ नेता पौडेलले दिलेन्द्रप्रसाद बडू र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाएका छन् । सँगसँगै महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहलाई मिलाउनुपर्ने भएकाले पौडेलले ४ मन्त्रालय मागेका छन् ।

    डा. कोइराला र सिंहले आफूले भनेका व्यक्तिलाई सरकारमा पठाउन पौडेललाई दबाब दिएका छन् । तसर्थ पौडेल समेत कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने अलमलमा देखिएका छन् । सरकारमा ३ वटा मन्त्रालय पाएमा ३ जना आफूनिकट र १ जना कोइराला–सिंह निकटलाई सरकारमा पठाउने पौडेलको तयारी छ । डा. शशांकले सुजाता कोइरालालाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । सुजाता समेत मन्त्री बन्न इच्छुक रहेकी स्रोतले जनाएको छ ।

    पूर्व महामन्त्री सिंहले राजन केसीलाई मन्त्री बनाउन पौडेललाई दबाब दिएका छन् तर प्रधानमन्त्री देउवाले सिंहलाई नै सरकारमा ल्याउन खोजेको जनाइएको छ । आसन्न महाधिवेशनमा आफूलाई सहयोग हुनसक्ने देखेर देउवाको रोजाइमा सिंह परेका छन् । तर सिंहलाई मन्त्री बनाउन नहुनेमा देउवापक्षीय महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जोड दिएका छन् ।

    पूर्व महामन्त्री सिटौलाको तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाइने भएको छ । सिटौला पक्षबाट गगनकुमार थापाको नाम चर्चामा आएपनि सिफारिस नगरिएको स्रोतले जनाएको छ । पौडेल पक्षबाट तेजुलाल चौधरी मन्त्री बन्ने अवस्थामा सिटौलाले मन्त्रिमण्डललाई समावेशी बनाउन भीमसेनदास प्रधानलाई प्रस्ताव गरेका छन् । प्रधानलाई मन्त्री बनाउन देउवा समेत सकारात्मक रहेका जनाइएको छ ।

    सभापति देउवाले आफ्नो तर्फबाट नारायण खड्का र पुष्पा भुसाललाई मन्त्रीको प्राथमिकतामा राखेका जनाइएको छ । तर पौडेल र सिटौला पक्षबाट नाम आएपछि देउवाले सबै कुरा मिलाएर मन्त्रीको टुंगो लगाउने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend