सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री नियुक्तिबारे मन्थनपछि यस्तो सहमति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री नियुक्तिबारे मन्थनपछि यस्तो सहमति

  • मिडिया डबली
  • शनिवार, श्रावण १६ २०७८

  • 4.6K
    SHARES

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री नियुक्तिबारे मन्थनपछि यस्तो सहमति

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान भेटवार्ता भएको छ ।  

    प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बिहान बालुवाटार पुगेका हुन् । भेटमा मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच मन्थन भएको जनाइएको छ ।

    मन्त्रालय बाँडफाँडका विषयमा सत्ता गठबन्धनका अन्य दलहरूसँग कुराकानी गर्ने सहमति देउवा र प्रचण्डबीच भएको जनाइएको छ । प्रधानमन्त्री बनेको लामो समय बितिसक्दा पनि देउवाले सरकारलाई पूर्णता दिन नसक्दा आलोचना भइरहेको छ ।

    मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका ४ र माओवादी केन्द्रका २ मन्त्री रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंगिएकाले चाँडै सरकार विस्तार गर्नुपर्ने दबाब गठबन्धनलाई रहेको छ ।

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा आउने वा नआउने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबण्डा मिलाउन अप्ठ्यारो परेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend