आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सदस्यताको विवाद मिलाउन शीर्ष ३ नेताहरूबीच घनिभूत मन्थन

सदस्यताको विवाद मिलाउन शीर्ष ३ नेताहरूबीच घनिभूत मन्थन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 3.2K
    SHARES

  • सदस्यताको विवाद मिलाउन शीर्ष ३ नेताहरूबीच घनिभूत मन्थन

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको मुखैमा देखिएको क्रियाशील सदस्यता विवाद हल गर्न शीर्ष ३ नेताहरू घनिभूत मन्थनमा जुटेका छन् ।

    छानविन समितिले केही ठाउँको विवाद समाधान नगरी पार्टीलाई प्रतिवेदन बुझाएपछि विवाद समाधान गर्ने जिम्मेवारी पाएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला छलफलमा जुटेका छन् ।

    सभापति देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा क्रियाशीलको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी पौडेलले बताए । घनिभूत मन्थन भएपनि शीर्ष नेताबीच सहमति जुट्न नसकेको जनाइएको छ ।

    सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकबाट ५ दिनको समय पाएको छ ।

    क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनमा धनुषा–४, सर्लाही, बारा र सप्तरीको विवाद समाधान हुन सकेको छैन । विशेषगरी बारा र सप्तरीमा नयाँ थपिएको क्रियाशीलताबारे विवाद रहेको छ ।

    क्रियाशील सदस्यता विवादको विषयलाई लिएर संस्थापन र पौडेल दुबै पक्ष पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend