काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठक बस्न लागेको छ ।
आज बिहीवार बिहान साढे ८ बजे बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्ति लगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले बिहीबारै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइएको छ ।
गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
यसअघि बुधवार बिहान बसेको बैठकमा जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।