सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कहाँ पर्‍यो सकस ?

मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कहाँ पर्‍यो सकस ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 6.3K
    SHARES

  • मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कहाँ पर्‍यो सकस ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परिरहेको छ ।

    प्रधानमन्त्रीमा नियुक्त भएको २ हप्ता बित्दा समेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

    मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरुबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन ।

    कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मंगलवार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरे भने सत्ता गठबन्धन दलको बैठक बुधवार बस्यो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको नेतृत्वमा बसेको ५ दलका शीर्ष नेताहरुको बैठकले मन्त्रिमण्डल विस्तार तथा सरकार सञ्चालनका विषयमा आवश्यक सहमतिका लागि मापदण्ड बनाइने लगायतका विषयमा छलफल गरेको छ ।

    कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय पनि गरेको छ ।

    बैठकमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी रहे भने सत्ता गठबन्धन बैठकमा एमालेको माधव नेपालका तर्फबाट डा. विजय पौडेल सहभागी रहेका थिए ।

    प्रधानमन्त्री देउवालाई पार्टी भित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उनीनिकट नेताहरु बताउँछन् ।

    पार्टीबाट मन्त्री हुनेहरुको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं अप्ठ्यारोमा परेका छन् । देउवाले पार्टीबाट यसअघि गृहमन्त्रीमा बालकृष्ण खाँण र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि मात्र स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेस समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि देउवाको पार्टीभित्र आलोचना समेत बढेको छ ।

    कांग्रेसबाट अन्य मन्त्रीहरु को–को पठाउने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन ।

    मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नै सबै सांसदले मन्त्री मागेकाले आफू कसलाई बनाउने भनेर तनावमा परेको अभिव्यक्ति दिएका थिए ।

    माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा पम्फा भुसाललाई पठाएको छ । माओवादीले ७ मन्त्रालयको भागबण्डा पाएकोमा बाँकी मन्त्री छान्न सकेको छैन ।

    प्रधानमन्त्रीका रुपमा देउवालाई विश्वासको मत दिएको नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुनेबारे अझै निर्णय भएको छैन । प्रधानमन्त्री देउवाले नेपाल समूहलाई सरकारमा सहभागी गराउन गृहकार्य गरेपनि नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुनेबारे अन्तिम निर्णय हुन बाँकी रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्रको आधिकारिकताको विषय निर्वाचन आयोगले टुंग्याएपछि जसपा मन्त्री छान्ने विषयमा केन्द्रित बनेको छ । जसपा विवादमा उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधवार बसेको बैठकले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा ३ शीर्ष नेतालाई जिम्मा दिएको छ ।

    संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका हुन् । जसपाले परराष्ट्रसहित ५ मन्त्रालय पाउने चर्चा रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend