सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सत्तारुढ गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तारबारे यस्तो सहमति

सत्तारुढ गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तारबारे यस्तो सहमति

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 6.7K
    SHARES

  • सत्तारुढ गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तारबारे यस्तो सहमति

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई तत्काल विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

    महामन्त्री खड्काले भने, ‘बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको छ । अब धेरै समय कुर्नु पर्ने छैन ।’

    बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे समेत छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरुप दिइने  खड्काले बताएका छन् ।

    प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिबारे मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा समेत शीर्ष नेताहरूबीच छलफल भएको जनाइएको छ । 

    बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए । 

    नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल पक्षबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend