काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले नियुक्ति पाएका ३ प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २, लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ ।
अहिले प्रदेश २ मा राजेश अहिराज, गण्डकीमा सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेका छन् ।
प्रदेश प्रमुखहरू क्रमशः २०७७ फागुन ७, २०७८ वैशाख २० र २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए । २ हप्ताअघि नयाँ सरकार गठन भएपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्ने प्रयास गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त र बर्खास्त गर्ने प्रावधान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।