सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

स्वास्थ्यमन्त्रीमा कांग्रेसभित्र र जनस्तरमा गगन थापाको 'डिमान्ड' : के गर्लान् देउवा ?

स्वास्थ्यमन्त्रीमा कांग्रेसभित्र र जनस्तरमा गगन थापाको 'डिमान्ड' : के गर्लान् देउवा ?

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 6.8K
    SHARES

  • स्वास्थ्यमन्त्रीमा कांग्रेसभित्र र जनस्तरमा गगन थापाको 'डिमान्ड' : के गर्लान् देउवा ?

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा चर्चित सांसद गगनकुमार थापालाई स्वास्थ्यमन्त्री बनाउन दबाब छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समेत कोरोना रोकथामबारे सुझाव, सल्लाह दिएका सांसद थापाको सक्रियता प्रशंसनीय थियो । उनले कोरोना रोकथामको विश्वव्यापी अनुभव र नेपालको आवश्यकताबारे समेत अध्ययन गरेका छन् । तसर्थ गगन थापालाई स्वास्थ्यमन्त्री बनाउन दबाब परेको छ ।

    देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि स्वास्थ्यमन्त्री नै नियुक्त गर्न देउवामाथि दबाब छ ।

    यसअघि समेत सफल स्वास्थ्य मन्त्रीको परिचय बनाइसकेका सांसद गगन थापालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्न नागरिक तथा कार्यकर्तास्तरबाट प्रधानमन्त्री देउवामाथि दबाब परेको छ । 

    स्वास्थ्य बीमा कार्यक्रमदेखि स्वास्थ्य संस्थामा उपकरणको व्यवस्थापनमा सफलता पाएका पूर्व स्वास्थ्य मन्त्री थापाले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्नसक्ने धेरैको अपेक्षा छ । 

    प्रधानमन्त्री देउवाले आफ्नो पहिलो लक्ष्य र उद्देश्य भनेकै कोरोना नियन्त्रण र खोपको व्यवस्था रहेको बताउने गरेका छन् । साउन ३ गते विश्वासको मत लिँदा समेत प्रधानमन्त्री देउवाले संसदमा आफ्नो सरकारको पहिलो उद्देश्य कोरोना नियन्त्रण र सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नु रहेको जानकारी दिएका थिए ।

    जनस्तरमा थापालाई स्वास्थ्यमन्त्री बनाउन चर्काे दबाब रहेपनि देउवाले मन्त्री नियुक्तिमा ढिलाइ गरिरहेका छन् । सत्तारुढ गठबन्धनका अन्य दलसँग मन्त्रालय भागबण्डाको छलफल चलिरहेको र सहमति नभइसकेकाले ढिलाइ भएको स्रोतको दाबी छ । देउवाले स्वास्थ्य मन्त्री कसलाई नियुक्त गर्छन् ? हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend