सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवाले कार्यदललाई बाइपास गरेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला !

देउवाले कार्यदललाई बाइपास गरेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला !

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 5.3K
    SHARES

  • देउवाले कार्यदललाई बाइपास गरेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे । तर उनको नियुक्तिलाई लिएर सत्तारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।

    सत्तारुढ ५ दलीय गठबन्धनले सरकार सञ्चालनका लागि साझा नीति र मापदण्ड बनाउन ७ सदस्यीय कार्यदल गठन गरेको छ तर प्रधानमन्त्री देउवाले कार्यदलको सुझाव नै नलिई मन्त्री नियुक्त गरेपछि असन्तुष्टि देखिएको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदललाई थाहै नदिएर आईतवार प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

    सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँड र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने भनिएपनि आईतवार स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको छ ।

    कार्यदलका संयोजक खड्काले मन्त्री नियुक्तिबारे आफूले पूर्व जानकारी नै नपाएको बताए । उनले भने, ‘मन्त्री नियुक्तिबारे थाहा नै छैन । मन्त्री बनाएको नै थाहा हुँदैन भने कार्यदल भनेर हल्ला गर्नुको केही अर्थ छैन । न त मन्त्री बनाएको थाहा हुन्छ, न केही गरेको थाहा हुन्छ अनि केकोे कार्यदल ?’

    संयोजक खड्काको नेतृत्वमा रहेको कार्यदलको सदस्यमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव कार्यदलमा रहेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन खोजेका थिए । तर प्रधानमन्त्री देउवाको असहमतिपछि प्रचण्ड संयोजक बन्न सकेनन् तर कांग्रेस महामन्त्री खड्काको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend