काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेकी गायिका कल्पना दाहालको एकल स्वरमा रहेको तीज गीत 'प्रेम बिबाह...' (ईज्जत फाली नभन्नु) को भिडिओले सार्बजनिक भएको २४ घण्टा नबित्तै नेपालको ट्रेडिङ कब्जा गर्न सफल भएको छ ।
चर्चित गीतकार तथा मोडल बाबुराम बोहोराको शब्द, संगीतमा रहेको गीतको भिडिओले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
तिर्सना म्युजिक नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतको बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । तीजका गीतहरु भकाभक सार्बजनिक भईरहदा प्रेम बिहाहले छोटो समयमा नै सबैको मन जित्न सफल भएको हो ।
स्मृति तिमल्सिना (गुरुआमा) ले भिडिओको निर्देशन गरेकी छिन् भने भिडिओमा पछिल्लो समयमा चर्चा बटुल्न सफल मोडल कबिता न्यौपाने र गायिका स्वयम् कल्पना दाहालको दमदार नृत्य देख्न सकिन्छ ।
सुरेश श्रेष्ठको छायाँकन रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् भने जनता डिजिटल एण्ड फिल्मसको ब्यानरमा तयार पारिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।