काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र विवाद चर्किएर वाक्क भएका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
धरानमा एमालेका दर्जन बढी कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
धरान–२ स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस वडा नम्बर ८ बुथ समितिको संयोजकत्वमा आयोजित कार्यक्रममा दर्जन बढी कार्यकर्ताले नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेस धरानका नगर सभापति तथा मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नम्बर १ सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस सुनसरी जिल्लाका सचिव सुजेन्द्र गोले तामाङ, कांग्रेस महासमिति सदस्य पर्वत राई लगायतका नेताहरुले खँदा तथा अबिर लगाएर स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसले सधैं हौसला हुने काम मात्र गर्ने बताएका छन् । नवप्रवेशीहरूलाई कुनै दिन पनि कांग्रेस प्रवेश गरेकोमा पश्चात्ताप नहुने भन्दै नेताहरुले आश्वासन दिएका थिए ।
नवप्रवेशीहरू कमला राई, रुपा भुजेल, एलिशा तामाङ, तारा राई, सुमित्रा तामाङ, देवी मंग्राती, सिता मंग्राती, प्रेम राई, रेनु विश्वकर्मा, रिना गुरुङ र अनुश राईले पार्टी प्रवेश गरेका कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।