सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवा सरकार बन्दा हुरुक्क भएका प्रचण्डको भित्री सपना तुहियो, कांग्रेसलाई नै मौका !

देउवा सरकार बन्दा हुरुक्क भएका प्रचण्डको भित्री सपना तुहियो, कांग्रेसलाई नै मौका !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 8.2K
    SHARES

  • देउवा सरकार बन्दा हुरुक्क भएका प्रचण्डको भित्री सपना तुहियो, कांग्रेसलाई नै मौका !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखेको सपना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गरिदिएनन् । प्रचण्डले प्रधानमन्त्री ओलीमाथि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर आफू संयोजक हुने सपना देखेका थिए ।

    सपना पूरा नभएपछि प्रचण्ड तुरुन्तै ओलीलाई हटाउने अभियानमा लागे । लामो समयको मेहनतपछि ओलीलाई हटाउन सफल भए । नयाँ प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बने ।

    देउवा प्रधानमन्त्री बनेपछि हुरुक्क हुँदै प्रचण्डले फेरि उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुने सपना देखे । सत्तारुढ गठबन्धनका बैठकमा प्रस्ताव समेत राखे । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपाललाई सहमत समेत गराए । तर आफूमाथि अर्कै संयन्त्र बनाउन प्रधानमन्त्री सहमत नभएपछि प्रचण्डको सपना तुहिएको छ ।

    बरु सरकारका कामकारवाहीमा समन्वय गर्न र सुझाव दिन सत्तारुढ दलका नेताहरू सम्मिलित कार्यदल नेपाली कांग्रेसकै नेतृत्वमा बनेको छ । कांग्रेसको सरकार रहेका बेला कांग्रेसले नै कार्यदलको नेतृत्व गर्ने मौका पाएको छ ।

    कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा सत्तारुढ दलहरूका प्रतिनिधि छन् । सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको पहिलो बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भाबी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । ‘बैठकमा आज सैद्धान्तिक विषयमा मात्रै छलफल भयो,’ उनले भने ।

    कार्यदल नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा ३ दिनअघि गठन भएको छ । कार्यदलमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट नेताद्वय वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend