काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने ३ जनाको नाम टुंगो लागेको छ ।
कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी सांसदहरु रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्ती मगर मन्त्री बन्ने भएका हुन् ।
तीनै मन्त्रीले पाउने मन्त्रालयको समेत टुंगो लागेको छ । अर्थ मन्त्रीमा रामजी बराल, वन तथा वातावरण मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा बुढाले जिम्मेवारी पाउने भएका छन् ।
नेकपा माओवादीका सांसद दीपक कोइरालाले बिहीवार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लगाएको जानकारी दिए ।
गण्डकी प्रदेशमा गत जेठ २९ गते कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बने पनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रीको टुंगो लाग्न सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।