काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहीँ नपुर्याउने बताएका छन् ।
डा. भट्टराईले हिन्दू धर्मावलम्बीको आस्थामा ठेस पुग्ने गरी सामाजिक सञ्जाल ट्विटरमा लेखेपछि नेता पौडेलले कडा जवाफ फर्काएका हुन् ।
नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्याउँदैन ।’
नेपालका बहुसंख्यक हिन्दू धर्मावलम्बीको आस्थामा आँच पुर्याउने गरी ट्विट गरेपछि भट्टराईको सर्वत्र आलोचना भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।