काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले संस्थापक नेता महामानव बीपी कोइरालाको ३९औं स्मृति दिवसको सम्झनामा पार्टी कार्यालय भक्तपुरमा विभिन्न कार्यक्रम गरी तस्वीरमा पुष्प अर्पण गरेर स्मृति दिवस मनाएको छ ।
कार्यक्रमका संयोजक हरि नेपालका साथै प्रमुख अतिथि दुर्लभ थापाले सम्बोधन गरेको स्मृति सभामा कार्यकर्ता शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियोे ।
कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सबै वडा तहदेखि जिल्लासम्म एकजुट र एकताबद्ध भएर अगाडि बढ्न जिल्ला सभापति दुर्लभ थापाले सम्पूर्ण क्रियाशील सदस्यहरूमा आग्रह गरेका छन् ।
कार्यक्रममा जगदीश बस्नेतको अगुवाइमा भक्तपुरको गुन्डुबाट सक्रिय युवा व्यक्ति राजेश नगरकोटीलाई सभापति थापाले नेपाली कांग्रेसको सदस्यता प्रदान गरेर स्वागत गरेका छन् ।
भक्तपुर नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतको गृहजिल्ला हो, जहाँ कांग्रेसप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।