सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्ड पत्नी सीतालाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

प्रचण्ड पत्नी सीतालाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 7.1K
    SHARES

  • प्रचण्ड पत्नी सीतालाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई भेट्न खुमलटार गएका छन् ।

    प्रधानमन्त्री देउवाले साँझ ५ बजे खुमलटार पुगेर सीतालाई भेटेका छन् ।

    यसअघि मंगलवार दिउँसो प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्री देउवालाई भेट्न दिउँसो प्रचण्ड प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका थिए ।  

    प्रचण्डपत्नी सीताको अवस्था बुझ्न र पारिवारिक माहोलमा कुराकानी गर्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका प्रचण्डको सचिवालयले जनाएको छ ।

    यसअघि प्रधानमन्त्री देउवा एमाले नेता माधवकुमार नेपालको घर कोटेश्वरमा समेत पुगेका थिए । प्रधानमन्त्री बनेका देउवामा शालिनता, नम्रता र सादा स्वभाव प्रकट भइरहेको छ ।  

    sita dahal.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend